जोडिनुहोस
  • होमपेज
  • चितवन राइनोजका समर्थकलाई निःशुल्क बस सेवा

चितवन राइनोजका समर्थकलाई निःशुल्क बस सेवा

काठमाडौं। एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ ।

चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था मिलाइने छ । बस चितवनको चितवन मेडिकल कलेज [सीएमसी]बाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म ल्याउने छ । खेलपछि फर्कने व्यवस्था पनि हुनेछ ।

यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ । खाजाको पनि व्यवस्था गरिने जनाइएको छ । चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका