जोडिनुहोस
  • होमपेज
  • नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य

नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य

काठमाडौं। एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ। नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। यो खेलमा साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो।

अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका