जोडिनुहोस
  • होमपेज
  • काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा

काठमाडौं। इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालीकट र इरानको टिमबिचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो ।

पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि २७–२५ ले इरानले जित्यो । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । सहजै इरानको यु–१८ टिमले २५–२२ ले जित्यो । खेलमा दुई शून्यको स्पष्ट अग्रता कायम ग¥यो । २५–२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो। यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ ।

इरानले यसअघि पहिलो खेलमा मालदिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो । पराजित क्यालिकटको भने यो दोस्रो हार हो । क्यालीकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो । दोस्रो खेलमा मालदिभ्सको क्लब एचडिसीलाई हराए पनि आज इरानसँग सोझो सेटमा पराजित भयो। उसले तीन खेलबाट मात्र ४ अंक बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?