जोडिनुहोस
  • होमपेज
  • चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित, सिरिजमा लियो अग्रता

चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित, सिरिजमा लियो अग्रता

काठमाडौं। भारतविरूद्ध मेलवर्न क्रिकेट मैदानमा खेलिएको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलिया १८४ रनले विजयी भएको छ।

चौथो टेस्टमा जितसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता लिएको छ। यसअघि तेस्रो टेस्ट बराबरीमा सकिदा दोस्रो टेस्टमा अस्ट्रेलिया र पहिलो टेस्टमा भारत विजयी भएका थिए। अब आगामी शुक्रबारदेखि सिड्नीमा अन्तिम तथा निर्णायक टेस्ट हुनेछ।

070435501AP24365216300556सोमबार चौथो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत १५५ रनमै आउट भयो। अन्तिम शत्रमा ओपनर यशस्वी जैसवाल ८४ रनमा आउट भएपछि भारतले हार ब्यहोरेको हो। जैशवाल सातौं विकेटको रुपमा आउट भएपछि भारतले पछिल्ला तीन विकेट १० ओभरभित्रमा १५ रन बनाउँद गुमाएको थियो। त्यसअघि कप्तान रोहित शर्मा (९ रन), केएल राहुल (०) र विराट कोहली (५ रन) सस्तैमा आउट हुँदा अस्ट्रेलिया हाबी देखिएको थियो।

दोस्रो इनिङ्ग्समा बलिङमा अस्ट्रेलियाका कप्तान पाट कमिन्स र स्कट बोनाल्डले ३-३ विकेट लिए। त्यसअघि अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा २३४ रन जोड्दा भारतले ३४० रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङग्समा अस्ट्रेलियाका लागि नाथान लियोनले ४१ रन जोडे। दशौं विकेटका लागि लियोनले स्कट बोनाल्डसँग ६१ रनको साझेदारी  गर्दा भारतले पाउने लक्ष्य बढेको थियो। चौथो दिनसम्म ४१ रनमा रहेका लियोनले पाँचौ दिनको सुरुमै भारतका जसप्रित बुमराहबाट बोल्ड हुँदा कुनै रन जोड्न सकेनन्।

070442535AP24365214765037त्यसअघि अस्ट्रेलियाका लागि मार्नस लबुसेन ७० रन र कप्तान पाट कमिन्सले ४१ रन जोड्दा अरू ब्याटर चल्न सकेनन्। दोस्रो इनिङग्समा भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए। यससँगै उनले टेस्ट क्रिकेटका २ सय विकेट पार गरेका थिए।

070455216AP24365173112017पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४७४ रन र भारतले ३६९ रन जोडेका थिए। पहिलो इनिङग्समा १०५ रनले पछि पर्दा भारतमाथि दबाब परेको थियो। पहिलो इनिङ्ग्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १४० रन जोड्दा भारतका नितिशकुमार रेड्डीले टेस्टमा पहिलो शतक प्रहार गर्ने क्रममा ११४ रन बनाएका थिए।

070502303AP24365211544017

Nepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:५०

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका