जोडिनुहोस
  • होमपेज
  • आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ

आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ

काठमाडौं। जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

दोस्रो इनिङमा उसले प्रदर्शनमा केही सुधार ग¥यो । यस इनिङमा आर्मीका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । उनले १३८ बलमा १० चौका र एक छक्कासहित अविजित ८२ रनको पारी खेले ।

यस्तै, तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन जोडे । पुलिसका लागि कुशल भुर्तेलले चार, गुलशनकुमार झाले तीन, ललित राजवंशीले दुई तथा राशिद खानले एक विकेट लिए ।

वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा पहिलो इनिङमा आर्मी क्लब ३४.४ ओभरमा १ सय २१ रनमै अलआउट भएको थियो ।

उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले १४।४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए । यस्तै, पुलिस पहिलो इनिङमा १ सय २५ रनमै अलआउट भयो । ऊ पहिलो इनिङमा ३३.१ ओभरमा १ सय २५ अलआउट भएको हो । योसँगै पुलिसले ४ रनको अग्रता लिएको थियो ।

उसका लागि गुलशन झाले ५४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३, दिलिप नाथ र प्रेम तामाङले १०÷१० रन जोडे ।

आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले सानदार प्रदर्शन गरे । उनले १५.१ ओभरमा एक मेडनसहित ५९ रन दिएर ८ विकेट लिए । यस्तै, सोमपाल कामी र पवन कार्कीको नाममा एक÷एक विकेट रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका