जोडिनुहोस
  • होमपेज
  • महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः आजदेखि दोस्रो चरणका खेल, नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः आजदेखि दोस्रो चरणका खेल, नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं। काठमाडौंमा जारी महिला टी–ट्वान्टी त्रिकोणत्मक सिरिजमा आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछन् । आज नेपालले नदेरल्यान्डससँग खेल्दैछ ।

जारी सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । इन्दु बर्माको टिम पहिलो जीतको खोजीमा छ । नेपालले नेदरल्यान्ड्ससँग नै खेल्दै सिरिजको सुरुवात गरेको थियो । । सो खेलमा डच टिमले २० रनको जीत हात पारेको थियो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको नोक्सानिमा १ सय ५७ रनको योगफल बनाएको थियो । जसमा रोबिन राइकीले अविजीत ५९ रनको इनिङ्स खेलिन् । जवाफमा नेपालले ७ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनाउन सकेको थियो । सिता राना मगरले २८, कविता जोशीले २७ र पूजा महतोले २४ रन बनाएका थिए ।

आज नेदरल्यान्ड्ससँग मैदान उत्रँदा नेपाल सिरिजमा लगातार तेस्रो हार टार्ने लक्ष्यमा हुनेछ । हिजो भएको खेलमा थाइल्यान्डसँग ६ विकेटले हारेपछि नेपाल दवावमा छ । नेदरल्यान्ड्सले पनि थाइल्यान्डसँग ८ विकेटको पराजय बेहोरेको थियो । तालिकामा थाइल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेदरलयान्ड्सको दुइ अंक छ । पुनरागमनका लागि नेपालले ब्याटिङ र फिल्डिङमा उल्लेख्य सुधार गर्नुपर्नेछ । डेथ ओभर बलिङमा पनि नेपालले ध्यान दिनुनर्पेछ ।

खराब प्रदर्शनसँगै नेपाललाई मुख्य खेलाडी कविता कुँवरको चोटले पनि चिन्तित बनाएको छ । थाइल्यान्डविरुद्धको खेलमा बलिङ गर्ने क्रममा कवितालाई ढाडमा समस्या देखिएको थियो । स्ट्रेचर मार्फत बाहिर आएकी कवितालाई सिधै अस्पताल लगिएको थियो । उनको स्वास्थ्यबारे केही बताइएको छैन । त्यसैले उनले आज खेल्छिन् खेल्दिनन् भन्ने यकिन छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका