जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै

अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका रुस र युक्रेनका दूत केइथ केलुग बिहीबार युक्रेन भ्रमणमा जाने जनाइएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले २० फेब्रुअरीमा केलोग युक्रेन आउने अपेक्षा गरेका हुन् । उनले केलोगलाई युद्धको फ्रन्ट लाइन भ्रमण गराउने योजना बनाएका छन् ।

जेलेन्सकीले वार्ताका लागि युरोपेलीको पनि भूमिका हुन सक्ने बताएका छन् । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुनिटनले फोन वार्ता गरेपछि जेलेन्सकीले युक्रेनबिना भएको युद्ध विराम वार्ता स्वीकार्य नहुने बताइसकेका छन्।

जेलेन्सकीको यो प्रतिक्रिया सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले दूतको युक्रेन भ्रमण तय गरेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका