जोडिनुहोस
  • होमपेज
  • टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी

टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी

अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो। मलेसियाका लागि मास एलिसाले अर्धशतक बनाइन् । ६३ बलको सामना गरेकी उनले ५६ न जोडेकी हुन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले तीन विकेट हात पार्दा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे । उत्कृष्ट बलिङ गरेकी कविताले चार ओभरमा १० रन खर्चिएर तीन विकेट हात पारेकी हुन् ।

जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाएर ११५ रन बनाएको हो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी हुन्। कप्तान बर्मासँग उत्कृष्ट साझेदारी गरेकी रुबिना क्षेत्रीले २३ बलको सामना गर्दै २३ रन थपिन। कप्तान बर्मा र क्षेत्री नटआउट रहे।

मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एकएक विकेट हात पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका