जोडिनुहोस
  • होमपेज
  • आईसीसी विश्वकप लिग २ः नेपाल अमेरिकासँग पराजित

आईसीसी विश्वकप लिग २ः नेपाल अमेरिकासँग पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ। डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो।

नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो। अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो।

यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११÷११ रन बनाए। ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो।

छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकबाट चुके।

ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए। आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक÷एक विकेट लिए।

लिग–२ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका