जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

काठमाडौं। यूएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ ।

खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका