जोडिनुहोस
  • होमपेज
  • इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको लगातार दोस्रो हार

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको लगातार दोस्रो हार

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो हार ब्यहोरेको छ। साविक विजेता सिटी गएराति ब्राइटनविरूद्धको खेलमा २–१ ले पराजित भएको हो।

फाल्मर स्टेडियममा २३ औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दा सिटी पहिलो हाफमा १–० ले अगाडि थियो। ७८ मिनेटमा जोआओ पेड्रोले बराबरी गोल फर्काए। लगत्तै ८३ मिनेटमा ब्राइटनकै म्याट औ रिलीले एक गोल थपेपछि सिटी पछि परेको थियो।

अघिल्लो खेलमा सिटी बर्नमाउथसँग २–१ गोलले नै पराजित भएको थियो। ११ खेलबाट २३ अंक बनाएको सिटी तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहको लिभरपुलको २८ अंक छ।

नटिंघम फरेस्ट र ब्राइटन क्रमश तेस्रो र चौथो नम्बरमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका