जोडिनुहोस
  • होमपेज
  • एनपीएलः विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान

एनपीएलः विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाख रुपैयाँको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल साहलाई प्रदान गरे ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख रुपैयाँको चेक प्रदान गरे। तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः २५ लाख र १५ लाख प्राप्त गरेका छन् । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तातरण गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका