जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप महिलाः आर्मी क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप महिलाः आर्मी क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडौं। एपीएफ क्लब अपराजित रहँदै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । एपीएफले सुपर फोरको आफ्नो दोस्रो खेलमा आज त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गरेको हो ।

एपीएफले समूहका चार र सुपर फोरका दुवै खेलमा जित हात पारेको हो । कैलालीको धनगढीस्थित फाप्ला इन्टरनेसनल क्रिकेट ग्राउन्डमा आर्मीले टस जितेर फिल्डिङ रोजेको थियो । आज पनि खराब मौसमका कारण खेल १७ ओभरको मात्र भयो ।

एपीएफले तीन विकेटको क्षतिमा १ सय १५ रनको योगफल बनायो । ओपनर ममता चौधरीले ११ रन बनाइन् भने रोमा थापा ७ रनमा आउट भइन् । अर्की ओपनर राजमती चौधरीले ३५ रनको योगदान गरिन् । कविता कुँवर ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहिन् । सुस्मिता भुसालले दुई विकेट लिइन् ।

जवाफमा आर्मी पुरै ओभर खेल्दा ४६ रनमा अल आउट भयो । शीर्ष पाँच ब्याटर ४ रनभन्दा कममा पभेलियन फर्किएका थिए । सम्झना खड्का एक, रुवि पोदार शून्य, आश्मा पुलामी मगर एक, अञ्जली विश्वकर्मा तीन र निमा तामाङ एक रनमा आउट भए । दुई खेलाडी रन आउट भए । कप्तान लक्ष्मी साउदले १० र राधिका पुजाराले सर्वाधिक १७ रन जोडेकी थिइन् । रेखा रावलले तीन र सवनम राईले दुई विकेट लिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका