जोडिनुहोस
  • होमपेज
  • पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

काठमाडौं। नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १÷१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।

एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका