जोडिनुहोस
  • होमपेज
  • बाईकमा अपरिचित बहिनीलाई लिफ्ट दिदाँको परिणाम

बाईकमा अपरिचित बहिनीलाई  लिफ्ट दिदाँको परिणाम

कुरा २०७७ सालतिरको हो, दिउसोको साढे तीन बजे वालाजु वाईपासबाट ककनीतर्फ जाने क्रममा अष्टनारायण हल नजिक के पुगेको थिए, एउटा बहिनीले लिफ्ट मागिन् दाई कहाँ सम्म हो म पनि ओखरपौवा सम्म जानु पर्ने थियो गाडी नै आएन । यति भनेपछी आखिर ठिकै छ त सेवा नै धर्म भन्ने सोचेर लिफ्ट दिए, बाटोमा संक्षिप्त परिचयात्मक कुराकानी हुँदै थियो तिनपिप्ले नजिक पुग्न अलिकति बाँकी थियो उहाँ बहिनी त एक्कासी बाईकबाटै ढलेर भुईमै लड्नु भयो अनि उहाँको टाउकोबाट रगत बगिहाल्यो, उहाँ वेहोस जस्तै भएर छटपटाउन थाल्नु भयो। अनि वरपरका मानिस के भयो भन्दै जम्मा हुन थालिसके केहि वेरमै पुलिस पनि आईहाले अनि मैले पुलिस लगायत सवैलाई मेरो परिचय दिए, म पनि सशस्त्र प्रहरी हुँ, ककनीमा शान्तिसेना जाने तालिम गरिरहेकोछु, हिजो शुक्रबार ककनीबाट नाईट आउट आएको आज ५ बजे कार्यालयमा हाजिर हुनुपर्छ, म आउदै गर्दा यी बहिनीले लिफ्ट मागिन् अनि मैले लिफ्ट दिए तर उनी अचानक लढिन् भनेर जवाफ त दिए तर कसैले पत्याए भने कसैले मै माथि शंका उपशंका गर्न लागे तर ति बहिनी भने बोलेकी छैनन् अनि सवैको सल्लाह अनुसार ति बहिनीलाई मैले नै हस्पिटल उपचारका लागि लैजाने भन्ने कुरा भयो, ५ बजे ककनी कार्यालयको गेटभित्र प्रवेश गरिसक्नु पर्ने म अव उनीलाई नै लिएर हस्पिटलतिर लाग्नु पर्ने भयो, मेरो सवारी चालक र विलवुक प्रहरीलाई नै छोडेर  मैले बाईक चलाए, एक जना स्थानिय भाईले समातेर उनी बहिनीलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगे, त्यतिखेर सम्म उनी अर्धचेत अवस्थामै थिईन सवै चेकजाँच गराए म संग खल्तीमा ६/७ हजार मात्र पैसा थियो, त्यो सवै पैसा उनकै उपचारमा खर्च गरे । राति ८ बजेतिर मात्र उनी बहिनी पूर्ण रुपमा होशमा आईन, अनि मैले भने बहिनी म त ५ बजे अफिस पुगिसक्नु पर्ने के गर्ने तपाईलाई लिफ्ट दिदा यस्तो भो, मलाई त अव अफिसमा कार्वाही पनि गर्छ अनि मेरो शान्ति सेना जाने अवसरबाट मलाई बञ्चित गरिदिन पनि के बेर भनेर लामो सुस्केरा ताने, अनि ति बहिनीले “सरी दाई मैले पनि हतारले गर्दा हजुरसंग लिफ्ट मागि हाले, मलाई छारे रोग छ दाई त्यही रोगका कारण लढेछु, हजुरलाई धेरै गाह्रो भयो फेरी पनि सरी” भन्नु भयो अनि मैले भने बहिनी  ९ बज्न लागिसक्यो म त जानै पर्छ बरु तपाईको आफन्तलाई खवर गर्नु कृपया मलाई आज जाने अवस्था सृजना गरिदिनु भन्दा उहाँले सुकेधारा बस्ने आफ्नी दिदी नाता पर्नेलाई बोलाउनु भयो, मसंग भएको पैसा पनि सकिसकेको थियो, सवै भनेपछी उनी बहिनी पनि दयालु नै हुनुहुँदो रहेछ दाई म भोली हजुरको पैसा फिर्ता गर्छु, मेरो कारणले हजुरलाई दुःख भयो भनेर धेरैचोटी सरी भन्नु भयो । अनि उहाँको दिदी नाता पर्ने आउने बित्तिकै सवै कहानी  बताईसकेपछी मलाई हुन्छ जानु भन्ने आदेश हुने बित्तिकै रातिको ९ बजेतिर म कुनै डरत्रास नमानी ककनीतर्फ लागे त्यो सुनसान रातमा मलाई कोही कसैको डर लागेन मात्र डर थियो त मनमा, यदि ति बहिनी होसमा नआई कतै केहि भैदिएको भए के हुन्थ्यो होला भन्ने मात्र डर त्रासले च्वास्स च्वास्स मुटु घोचिरह्यो । अन्ततः साढे १० बजेतिर म ककनी मेरो कार्यालयमा पुगे, भोलीपल्ट पुलससंग गएर मेरा सवै कागजातहरु लिए, जुन क्षण जिवनमै अविश्मरणिय क्षण भो, आज पनि त्यो दिन अनि त्यो क्षण सम्झिदा यो मुटु चिसो हुन्छ ।

 

नोटः तपाईको जिवनमा घटेका कुनै  अविष्मरणिय (सुखद् /दुखद) क्षणहरु भएमा हाम्रो यस sancharnp को फेसबुक मेसेन्जरमा विवरण  पठाउन नभुल्नु होला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका