जोडिनुहोस
  • होमपेज
  • यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

बैतडी। नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।

डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताए ।प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुँदैछ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ ।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका