जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला एशिया कपः नेपालले पाकिस्तानलाई हरायो, पूजा महतोको उत्कृष्ट प्रदर्शन

यू–१९ महिला एशिया कपः नेपालले पाकिस्तानलाई हरायो, पूजा महतोको उत्कृष्ट प्रदर्शन

काठमाडौं। १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।

नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो । पाकिस्तानकी कोमल खानले ३८ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् ।

यो जीतसँगै नेपाल ’सुपर–४’ मा प्रवेश गरेको छ । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ’सुपर–४’ मा प्रवेश गरेको हो । नेपालले समूह ’ए’ को अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ’बी’ मा श्रीलङ्का, बङ्गलादेश र आयोजक मलेसिया छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका